आक्रोशित अष्ट्रियाः चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश
काठमाडाैं | चैत २४, २०७८
भियना, २४ चैत (रासस/एएफपी) : अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।
उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो । अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार देश छाड्न आदेश दिइएका व्यक्तिहरू मध्ये तीन जना भियना स्थित रुसी दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।
अर्का एक जना भने पश्चिमी सहर साल्जबर्गमा रहेको कन्सुलेट जनरलमा कार्यरत कूटनीतिज्ञ रहेका छन् । उनीहरूलाई यही अप्रिल १२ सम्ममा अष्ट्रिया छोडिसक्नु पर्ने आदेश दिइएको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । युरोपेली देशहरूबाट गत सोमबारसम्ममा झण्डै २०० रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गरि सकिएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

